दुई समुदायको विवादले उग्ररूप लिँदा जनकपुर तनावग्रस्त, प्रशासनद्वारा निषेधाज्ञा घोषणा

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा छठ पर्वमा अर्घ्य दिनका लागि बनाउन लागेको घाटको विषयमा स्थानीय दुई समुदायबीच भएको विवादले शनिबार उग्ररूप लिएपछि अवस्था तनावपूर्ण बनेको छ । जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर २० मा रहेको देवपुरा रुपैठास्थित तेलिया पोखरीमा छठ पूजाको लागि घाट निर्माण गर्ने विषयमा स्थानीयले अवरोध गरेपछि यो विवाद सुरु भएको थियो । सोही विषयलाई लिएर शनिबार हिन्दुवादी संगठनको समूह जनकपुरधाममा प्रदर्शन गर्दै रुपैठा पुगेपछि अवस्था तनावपूर्ण बनेको हो ।
स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले कयौँ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ भने झडपको क्रममा दुई जना प्रहरीसहित तीन जना घाइतेसमेत भएका छन् । झडपमा एक सशस्त्र प्रहरी, एक जनपद प्रहरी र एक जना महिला समेत गरी तीन जना घाइते भएको प्रहरीको भनाइ छ । प्रहरीले एक दर्जनभन्दा बढी अश्रुग्याँस प्रहार गरेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए ।
अवस्था नियन्त्रणमा आउन नसकेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा नै जारी गरेको छ । जनकपुरधाम जटही सडक खण्ड पूर्णरुपमा प्रहरीले बन्द गरेको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले भेला जुलुस, प्रदर्शन, घेराउ, र्याली, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी मिति ०७८ कार्तिक २७ देखि दिउँसो २ बजेदेखि कार्तिक २८ को राति १० बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको जनाएका छन् ।
केही दिनअघि छठ पर्वमा घाट निर्माण गर्ने विषयमा स्थानीय समुदायले अवरोध खडा गरेपछि भएको झडपमा चार जना घाइते भएका थिए । सोही विषयलाई लिएर आज पुन: स्थानीय दुई समुदायबीच झडप भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको प्रमुख कार्यकारी अधिकृत छान्न अर्थ मन्त्रालयले बनायो समिति
-
‘जेन–जी’को युगमा ‘जेरोन्टो’को नेतृत्व
-
नेता तथा उच्च पदस्थको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन माग
-
कोशी प्रदेश सभामा ‘राजा’ शब्द निषेध
-
रुसले युक्रेनमा गर्यो ठुलो आक्रमण, २६७ ड्रोन प्रहार
-
त्रिविको अनुगमन निर्देशनालयमा रैखोला र श्रेष्ठ नियुक्त