सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुन्छ : उपेन्द्र यादव

सत्तारुढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् । अध्यक्ष यादवले न्यायालयभित्र राजनीतिक दलहरुले हस्तक्षेप गर्न उचित नहुने धारणा समेत राखे । उनले दुनियाँमा कहीँ पनि राजनीतिक दलहरुले न्यायालयमा हस्तक्षेप गर्ने चलन नभएको दावी समेत गरे ।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाका जवाफ दिने क्रममा उनले न्यायालय आफूभित्र देखिएको समस्या समाधान गर्न आफैं सक्षम रहेको प्रतिक्रिया दिए ।
उनले भने, ‘न्यायालयको काम राजनीतिक दलहरुले र राजनीतिक दलहरुले गर्ने काम न्यायालयले गर्न थाल्यो भने त्यो झन चौपट हुँदैन ? त्यसकारण न्यायालयको समस्या समाधान गर्नका लागि त्यहाँ विद्वान अधिवक्ता, विद्वान न्यायाधीशहरु हुनुहुन्छ । उहाँहरु आफैं निकास दिन सक्षम हुनुहुन्छ । त्यसमा हामी राजनीति गर्ने राजनीतिकर्मीले न्यायालयभित्र हस्तक्षेप गर्नुहुँदैन । त्यसकारणले आ–आफ्नो दायराभित्र रहेर समस्यालाई हल गर्नुपर्छ । त्यहाँ समस्या छ, त्यसको निरुपण चाँडै नै हुन्छ । त्यसलाई राजनीतिक रुपले हस्तक्षेप गर्न उचित हुँदैन । कहीँ पनि दुनियाँमा यस्तो चलन छैन ।’
अध्यक्ष यादवले संविधान संशोधन नगरेकै कारण अदालतमा यस्तो समस्या आएको दावी गर्दै त्यसलाई संशोधन नगरी अघि बढन नसकिने अडान दोहोर्याए । उनले सत्तारुढ दलहरु बीचको गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा