युरोप बन्यो कोरोनाको इपिसेन्टर, नेदरल्यान्डमा आंशिक लकडाउन
शनिबार, २७ कात्तिक २०७८, १५ : २१
युरोपेली देशहरुमा कोरोनाको तेस्रो लहरका कारण संक्रमितहरुको संख्या दैनिक बढ्न थालेको छ । पुरै युरोपमा पछिल्लो २४ घण्टामा ३ लाख ३ हजार ६ सय ६२ जना संक्रमित भएका छन् । पछिल्लो साता यहाँ कुल २० लाख जना कोरोनाबाट संक्रमित भए ।
स्थिति बिग्रिएपछि नेदरल्यान्डले शनिबार बेलुकीदेखि तीन हप्ताका लागि लकडाउन गर्ने फैसला लिएको छ । यस अवधिमा रेस्टुरेन्ट र अत्यावश्यकबाहेकका अन्य पसल बन्द रहनेछन् । त्यस्तै, खेलकुद हेर्नका लागि दर्शकले रंगशाला छिर्न पाउने छैनन् ।
नेदरल्यान्डमा पछिल्ला २४ घण्टामा कोरोना १६ हजार २ सय ४ जना संक्रमित भेटिएका थिए । जर्मनीमा पनि कोरोना संक्रमितको संख्या निरन्तर बढ्दो छ । यहाँ पछिल्लो २४ घण्टामा ४८ हजार १ सय ८४ जनामा संक्रमण देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ महिनामा भारततर्फ १३ अर्ब ४ करोड रुपैयाँ बराबरको बिजुली निर्यात
-
एमालेका नेता ज्ञवाली अचानक दिल्लीमा
-
एनपीएलको फाइनल हेर्न माओवादी अध्यक्ष प्रचण्ड कीर्तिपुरमा
-
ताली बजाउन होइन, काम गरेर परिणाम निकाल्न आएको हुँ: ओली
-
कर्णाली नदी क्षेत्रमा आइपुगे लक्ष्मण सारस
-
एनपीएल फाइनल : सुदूरपश्चिमद्वारा १ सय ८५ रनको लक्ष्य प्रस्तुत