इथियोपिया सरकारद्वारा राष्ट्रसंघका अर्का एक कर्मचारी नियन्त्रणमा
संयुक्त राष्ट्रसंघले इथियोपिया सरकारले आफ्ना अर्का एकजना कर्मचारी पनि नियन्त्रणमा लिएको जनाएको छ । संयुक्त राष्ट्रसंघले शुक्रबार एक विज्ञप्तिमार्फत सो कुराको जानकारी गराएको हो । यहाँ मानवीय सहायतासम्बन्धी काममा खटेका कर्मचारीहरु यसअघि पनि नियन्त्रणमा लिइएको छ । यसअघि नौ जना कर्मचारी इथियोपियाका प्रहरी अधिकारीहरुले नियन्त्रणमा लिएका थिए ।
ती कर्मचारीको रिहाइका लागि संयुक्त राष्ट्रसंघका अधिकारीहरुले पहल गरिरहेको जनाएका छन् । तर शुक्रबार फेरि अर्का एक कर्मचारीलाई पनि नियन्त्रणमा लिइएको भन्दै रिहाइ गर्न माग गरिएको छ । यसअघि पनि संयुक्त राष्ट्रसंघले मानवीय सहायताको काममा खटेका उसका कर्मचारीलाई अवरोध नगर्न आग्रह गरेको थियो । संयुक्त राष्ट्रसंघले इथियोपियाली सरकारलाई यो आग्रह गरेको भए पनि सरकारले सुनेको छैन ।
इथियोपियाको टिग्रेमा मानवीय सहायताका लागि पठाइएका ट्रकहरु पनि इथियोपियाको सरकारी सुरक्षा निकायहरुले नै नियन्त्रणमा लिएका जनाएको थियो । यसै हप्ताको सुरुमा ती ट्रकहरु र ट्रक चालक तथा अन्य कर्मचारीहरुलाई तत्कालै मुक्त गर्न राष्ट्रसंघीय महासचिव एनटोनियो गुटर्रेसले प्रवक्ताले माग गरेका छन् ।
संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेर्रेसका उपप्रवक्ता फराह हकले शुक्रबार पनि विज्ञप्ति प्रकाशन गरेर मानवीय सहायता उपलब्ध गराउन गएका सबै सवारी साधन र कर्मचारीहरुलाई तत्कालै रिहा गर्न माग गरेका हुन् । उनले संयुक्त राष्ट्रसंघका नौ जना कर्मचारी यसअघि नै र शुक्रबार थप एकजनालाई इथियोपियाली सरकारले नियन्त्रणमा लिएको बताए ।
इथियोपियाको टिग्रे क्षेत्र पछिल्लो समयमा निकै समस्यामा परेको छ । टिग्रेका नागरिकहरूका लागि आवश्यक खाद्यान्न र औषधि सहयोगस्वरुप त्यहाँ पठाइएको थियो । संयुक्त राष्ट्रसंघले त्यहाँ पठाएका ती सामग्री र कर्मचारीहरु सबै इथियोपिया सरकारले नियन्त्रणमा लिएको बताइएको छ ।
उनीहरुको खोजी कार्य जारी रहेको र त्यसका लागि संयुक्त राष्ट्रसंघले यहाँको सरकारलाई आग्रह गरेको पनि उनले बताएका छन् । इथियोपियाको सो टिग्रे क्षेत्रमा पछिल्लो समयमा हिसा जारी रहेको छ । जसका कारण लाखौँ मानिस खाद्यान्न लगायतको मानवीय सहायताको अभाव रहेको छ । त्यसैले सो क्षेत्रमा संयुक्त राष्ट्रसंघले सहायता पठाएको थियो । –सिन्हवा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या