डिसेम्बरमा कटरिना र विक्कीको विवाह, पाहुनाको सूची पनि तयार
बलिउड अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशलबीच यही डिसेम्बरमा विवाह हुने तय भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । विवाह राजस्थानको जयपुरस्थित सवाई माधोपुरको सिक्स सेन्स लग्जरी होटलमा हुने बताइएको छ । हालैमात्र विक्की र कटरिनाको टिमका सदस्य होटलको व्यवस्थालाई जाँच गर्न त्यहाँ पुगेका थिए । होटललाई ७ देखि १२ डिसेम्बरसम्मलाई बुक गरिएको बताइएको छ ।
यद्यपि, कटरिना र विक्की दुवैले आधिकारिकरुपमा विवाहको खबरलाई स्वीकार भने गरेका छैनन् । विवाहका लागि उनीहरूले कसैलाई निमन्त्रणा पनि पठाइसकेका छैनन् । यद्यपि, मिडिया रिपोर्टका अनुसार विवाहमा आउने पाहुनाहरूको सूची भने तयार भइसकेको छ ।
निजी जीवनमा ‘रिजर्भ’ रहने कटरिना विवाहको खबर बाहिरिएपछि तनावमा रहेको बताइएको छ । यसबीच बलिउडका कयौँलाई कटरिना र विक्कीले डिसेम्बर ७ देखि ९ तारिखसम्म आफूलाई फ्री राख्न आग्रह गरिसकेका छन् । रिपोर्टका अनुसार विवाहमा दुईका नजिकका मित्रहरूलाई आमन्त्रण गर्न लागिएको छ । यस सूचीमा अली अब्बास जफर, कबीर खान, करण जोहर, कियारा अडवाणी, सिद्धार्थ मलहोत्रा, मिनी माथुर र रोहित शेट्टीको नाम सामेल छ । यसको साथै वरुण धवन र नताशा दलाललाई पनि निमन्त्रणा गरिएको छ ।
मिडिया रिपोर्टका अनुसार विक्की र कटरिनाको इन्गेजमेन्ट निर्देशक कबीर खानको मुम्बई स्थित घरमा गोप्यरुपमा भएको थियो । यसमा विक्की र कटरिनाको परिवारका सदस्य मात्र सहभागी थिए । कटरिना र एक था टाइगरका निर्देशक कबीर निकै नजिक रहेको बताइन्छ । कटरिनाले उनलाई राखी पनि लगाउने गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण