निजी अस्पतालको लापरबाहीले शिशुको मृत्यु भएको आरोप
एक निजी अस्पतालको लापरबाहीको कारण शिशुको मृत्यु भएको परिवारले आरोप लगाएका छन् । जनकपुरधामको रामानन्द चोकस्थित तराई राजधानी हस्पिटलको लापरबाहीले शिशुको मृत्यु भएको आरोप लागेको हो ।
धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ स्थित नगराइन बस्ने विजय मण्डलका श्रीमती २५ वर्षीया रोशनी मण्डलले अस्पतालमै शुक्रबार राति ८ बजे सामान्य रूपमा छोरालाई जन्म दिएकी थिइन् । तर बिहान ४ बजे शिशुको मृत्यु भएको अस्पतालले जानकारी गराएको पीडित विजय मण्डलले बताए । उनका अनुसार जन्मेको केही समय पश्चात् शिशुको स्वास्थ्य अवस्था खराब भएको भन्दै अस्पतालले एनआईसीयूमा भर्ना गरिएको थियो ।
राति ११ बजे नै बच्चा चिच्याउँदा किन यस्तो भएको हो भनेर डाक्टरको बारेमा सोधखोज गरे तर रातभर चिकित्सक नआएको र स्टाफ नर्सकै भरमा उपचार गर्दा बच्चाको मृत्यु भएको मण्डलको आरोप छ । अस्पतालले बिहान ४ बजे छोरा मृत भएको परिवारजनलाई जानकारी गराएको उनले भने बताए । विजयले भने, ‘अस्पतालको लापरबाहीले बच्चाको मृत्यु भएको हो । बदमासी गर्ने चिकित्सक र हस्पिटलमाथि कारबाही हुनु पर्छ ।’
अस्पतालका म्यानेजर विकास कुमार सिंहले अस्पतालले कुनै लापरबाही नगरेको दाबी गरे । 'बच्चा जन्मिँदा स्वास्थ्य नै थियो, पछि अस्वस्थ हुन थालेपछि एनआईसीयूमा भर्ना गरिएको थियो । तर पनि बच्चालाई बचाउन सकिएन,' अस्पतालले आफ्नो ठाउँमा पूर्ण हेरचाह गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती