मुख्यमन्त्री र मन्त्रीहरुलाई माधवको निर्देशन : विवादास्पद काम गरेको सुन्नु नपरोस्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका तर्फबाट सरकारमा गएका मुख्यमन्त्री र मन्त्रीहरुलाई नैतिकता र आचरणमा रहेर जनताको सेवामा समर्पित हुन निर्देशन दिएका छन् ।
शनिबारबाट ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको पार्टीको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीका मुख्यमन्त्री र मन्त्रीहरुलाई यस्तो निर्देशन दिएका हुन् । त्यसक्रममा अध्यक्ष नेपालले टोल र वडासम्म पार्टी संगठन विस्तार गर्न निर्देशन दिँदै सोही अनुसार मूल्याङ्कन गरिने समेत बताए ।
उनले आगामी चैत महिनामा हुने स्थानीय तहको निर्वाचनमा सबै तहमा उम्मेदवारी दिने भन्दै त्यसको तयारी गर्न समेत नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
बैठकमा सो पार्टीका केन्द्रीय सदस्यहरुले शपथ लिएका छन् । केन्द्रीय सदस्यहरुलाई अध्यक्ष माधवकुमार नेपालले शपथ गराएका हुन् । एकीकृत समाजवादीले ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि शनिबार पहिलो बैठक बसेको हो । सपथ ग्रहणपछि अध्यक्ष माधवकुमार नेपालले पार्टीका नेता,मन्त्री, मुख्यमन्त्री र कार्यकर्ताहरूले पालना गर्नुपर्ने आचरणका बारेमा निर्देशन दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको पथरी शनिश्चरेमा नयाँ नेतृत्व चयन
-
आजपाको केन्द्रीय कमिटी विघटन, प्रभु साहको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटी गठन
-
थाइल्यान्डमा 'वान टु वान' वार्ताले ल्याउला त सम्बन्धमा सुधार ?
-
विशेषको फैसला चित्त नबुझेपछि भ्रष्टाचारका १२ वटा मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार
-
वडाध्यक्षलाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न उच्चको आदेश
-
शिक्षक महासंघले शिक्षा मन्त्रालयलाई बुझायो ध्यानाकर्षण पत्र