सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै जुलुस प्रदर्शन

शनिबार, २७ कात्तिक २०७८, १२ : ५७
शनिबार, २७ कात्तिक २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा र  शीघ्र बहिर्गमनको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । शनिबार बिहान चितवनको पुलचोकमा आधा घण्टासम्म प्रदर्शन गरेको थियो ।

प्रदर्शनमा न्यायालयलाई प्रदूषित बनाउन पाइँदैन, सौदाबाजी गर्ने प्रधानन्यायाधीश चाहिँदैन, न्यायालयमा राजनीतिक नियुक्ति बन्द गर, न्यायालयमा भागबण्डा बन्द गर, प्रधानन्यायाधीश : शीघ्र राजीनामा देऊ, प्रधानन्यायाधीशले राजीनामा नदिए महाअभियोग लगाऊ, वर्तमानको आवश्यकता : न्यायालयको शुद्धीकरण, न्यायालय दूषित भो : शुद्धीकरण आवश्यक लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो । प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, केन्द्रीय सभापति गोविन्द खनाल, संस्थापक सदस्यहरू कृष्ण कँडेल र लीला खनाल, वरिष्ठ उपसभापति सुशील बस्नेत, उपसभापतिहरू कृष्णबहादुर रावल र रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल र चितवन शाखा सभापति शम्भु राउत लगायत दर्जनौँ अधिकारकर्मीहरूको सहभागिता थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप