मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

बारामा कटुवा पेस्तोलसहित एक पुरुष पक्राउ

शनिबार, २७ कात्तिक २०७८, १२ : २९
शनिबार, २७ कात्तिक २०७८

बारामा कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महागढीमाई नगरपालिका– ५ बस्ने ३५ वर्षीय मनोजप्रसाद जैसवाल रहेको प्रहरीले जनाएको छ । आरोपित जैसवाललाई बिहीबार राती खोपवा बजारबाट पक्राउ गरेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

आरोपित जैसवालको साथबाट एक थान पेस्तोलसहित एक राउण्ड गोली समेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक मिश्रले बताए । बारागढी गाउँपालिका–३ स्थित खोपवा बजारमा झगडा भइरहेको स्थानबाट उनलाई पक्राउ गरिएको प्रहरीको भनाई थियो । 

प्रदेश–३–०२–०१० प ७१२३ नम्बरको मोटरसाइकलमा बसिरहेका जैसवालको तलासी गर्दा कम्मरबाट पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । आरोपित जैसवाललाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप