शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

फागुन २७ मा रिलिज हुँदै ‘सम्हालिन्छ कहिले मन’

शनिबार, २७ कात्तिक २०७८, १२ : ०६
शनिबार, २७ कात्तिक २०७८

फिल्म ‘सम्हालिन्छ कहिले मन’ अगामी फागुन २७ गते रिलिज हुने भएको छ । निर्माण युनिटले फिल्मको दुई पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो । फिल्मको पोस्टरमा फिल्मका तीन मुख्य कलाकार आकाश श्रेष्ठ, पूजा शर्मा र सोनमलाई रोमान्टिक अन्दाजमा उतारिएको छ । बेलायत र नेपालमा छायाँकन भएको फिल्म सुदर्शन थापाले निर्देशक गरेका हुन् ।

एबी इन्टरनेसनलको ब्यानरमा अमित बस्नेतले निर्माण गरेको फिल्ममा परी राना र अजितकुमार थापा सह–निर्माता, सनिश खकुरेल र अंकित गौतम कार्यकारी निर्माताको रुपमा रहेका छन् । फिल्म हेर्न आतुर दर्शकको मनोविज्ञान बुझेर फिल्मको प्रदर्शन मिति घोषणा गरिएको निर्देशक थापाले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप