शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

गुठीसम्बन्धी कानुन निर्माण गर्दा सरोकारवालासँग छलफल गर्छु : मन्त्री श्रेष्ठ

शनिबार, २७ कात्तिक २०७८, ११ : ०७
शनिबार, २७ कात्तिक २०७८

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले गुठी सम्बन्धी कानून बनाउँदा सरोकारवालासँग छलफल गर्ने बताएकी छिन् । गुठीसँग सम्बन्धित सरोकारवालहरुसँगको छलफलका क्रममा मन्त्री श्रेष्ठले साँस्कृतिक सम्पदाको जगेर्ना तथा संरक्षण गर्दै गुठीलाई वैज्ञानिक ढंगले व्यवस्थित गर्दै लैजान आवश्यक रहेको बताइन् ।

उनले गुठी सम्बन्धी कानुन निर्माण गर्दा सरोकारवाला र सम्बद्ध निकायसँग छलफल गरेर समस्या समाधान हुने गरी अगाडी बढ्ने पनि बताइन् । छलफलमा सरोकारवालहरुले गुठी सम्बन्धी बुझाइमा स्पष्ट हुनुपर्ने, यो सांस्कृतिक सम्पदासँग जोडिएको विषय भएकाले यसलाई पछिसम्म फरक नपर्नेगरी समाधान गर्नुपर्ने सुझाव दिएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप