एमालेमा महाधिवेशनको सरगर्मी : एकैसाथ महाधिवेशन प्रतिनिधि छान्दै

नेकपा एमालेमा दशौँ राष्ट्रिय महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनका लागि एमालेका आठ लाख सङ्गठित सदस्यले आज मुलुक भरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छान्दै छन् । त्यसरी छानिएका प्रतिनिधिले आगामी मङ्सिर १० देखि १२ गते चितवनमा हुने महाधिवेशनमा अध्यक्षसहित २२५ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्नेछन् ।
नेकपा एमालेले यस पटकको महाधिवेशन सहमतिको महाधिवेशन बनाउने बताउँदै आएको छ । त्यसका लागि प्रतिनिधि छनोटदेखि नै सहमति खोज्न कतिपय नेताहरूले जोड दिँदै आएका छन् । अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार साँझ महाधिवेशन प्रतिनिधि छनोट गर्दा उच्च समझदारी अपनाउन आव्हान गरेका छन् । सुदूरपश्चिम लगायतका केही स्थानमा भने पार्टी सदस्यताको विवाद छ । ती स्थानमा जथाभाबी सदस्यता वितरण गरेको भन्दै नेताहरूले असन्तुष्टि जनाइरहेका छन् । तीनवटा विधिबाट महाधिवेशन प्रतिनिधि छान्ने व्यवस्था गरेको एमालेले कतिपय जिल्लामा यसअघि नै सर्वसम्मत प्रतिनिधि चयन भइसकेको जनाएको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमा पहिलो १२ सय सङ्गठित सदस्यबाट १ महिला र २ खुलासहित ३ जना चयन गर्ने व्यवस्था छ । मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको व्यवस्थापकीय पक्ष मूल व्यवस्थापन समितिले गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकासँग समान स्तरमा वार्ता गर्न इरान इच्छुकः राष्ट्रपति
-
एनएसएल हेर्न विश्वकप विजेता फुटबलर रोबर्टो कार्लोस नेपाल आउँदै
-
सेतो मछिन्द्रनाथको रथ जात्रा सुरु
-
चैत २५ भित्र सदस्य नबने एनआरएनएको एकता महाधिवेशनमा प्रतिनिधि बन्न नपाइने
-
तुलसी दिवसका तीन कविता
-
बारको वार्षिक साधारण सभा वैशाख ६ गते, नयाँ कार्यसमितिले पदभार ग्रहण गर्ने