केनको ह्याट्रिकसँगै विश्वकप छनोट नजिक इंग्ल्याण्ड

अलबानियामाथि शानदार जीत हासिल गर्दै इंग्ल्याण्ड सन् २०२२ को विश्वकप छनोट नजिक पुगेको छ । शुक्रबार राति बेम्बले मैदानमा भएको खेलमा इंग्ल्याण्ड ५–० गोल अन्तरले विजयी भएको छ । अब विश्वकपमा छनोट हुन इंग्ल्याण्डलाई सान मारिनो विरुद्ध मात्र एक मात्र अंक आवश्यक रहेको छ ।
खेलको नवौँ मिनेटमा ह्यारी मग्वायरले घरेलु टोलीलाई अग्रता दिलाए । त्यसपछि केनले १८, ३३ र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै आफ्नो ह्याटिक पुरा गरे । सन् २०२१ मा केनले इंग्ल्याण्डका लागि १२ गोल गरेका छन् । यसबीच जोर्डन हेन्डरसनले पनि एक गोल थपेका थिए ।
केनले प्रतिस्पर्धात्मक खेलमा वेन रुनीको ३७ गोलको कीर्तिमान पनि तोडेका छन् । प्रतिस्पर्धात्मक खेलहरुमा केनको गोल संख्या ३९ पुगेको छ । समूह आईको शीर्ष स्थानमा रहेको इंग्ल्याण्डको २३ अंक रहेको छ । दोस्रो स्थानमा रहेको पोल्याण्डको २० अंक रहेको छ । पोल्याण्डले शुक्रबार नै एन्डोरालाई ४ का विरुद्ध १ गोलले हरायो । त्यस्तै, हंगेरीले सान मारिनोलाई ४ –० गोलले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात दलीय मोर्चाको घोषणा हुँदै
-
सलमानको ‘सिकन्दर’को बिजोगः दर्शक नआएपछि तेस्रो दिनमै हलबाट हटाइयो
-
‘टप गन’ र ‘ब्याटम्यान’का अभिनेता भ्याल किल्मरको निधन
-
कमेडियन सुन्दर खनाल : व्यक्ति एक, क्यारिकेचर अनेक
-
बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिमा कारण देखाउ आदेश, अन्तरिम आदेशका लागि अर्को छलफल
-
स्थानीय तहको अधिवेशनका लागि लोसपाले दोस्रोपटक थप्यो म्याद