बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार उत्पादनमूलक अर्थतन्त्र निर्माणमा लागिपरेको छ : अर्थमन्त्री शर्मा

शुक्रबार, २६ कात्तिक २०७८, २१ : ४४
शुक्रबार, २६ कात्तिक २०७८

अर्थमन्त्री जनार्दन शर्माले सरकारको लक्ष्य उत्पादनमूलक अर्थतन्त्र निर्माण गर्ने रहेको बताएका छन् । शुक्रबार पोखरा उद्योग बाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले उत्पादनमूलक अर्थतन्त्र निर्माण गर्न चाहेकाले त्यसका लागि अग्रसर हुने व्यवसायीलाई आवश्यक सुविधा दिने बताए । ‘उद्योगधन्दा खोल्नका लागि चाहिने सुविद्या दिन सरकार तयार छ’, उनले भने,‘भन्सार, विद्युत र कर लगायतमा सरकारले छुट दिन तयार छ ।’ 

अर्थमन्त्री शर्माले देशमा उत्पादित ५ सय मेघावाट बिजुली खेर जानु लज्जाको विषय भएको बताउँदै बिजुली स्वदेशमै खपत हुने अवस्था सिर्जना गर्नेतर्फ सरकार लागि रहेको बताए । उनले हालसम्म ४.७ प्रतिशतमात्रै पूँजीगत खर्च हुनु दुःखको कुरा भएको बताउँदै सार्वजनिक खरिद ऐन संशोधन गरेर खर्च बढाउने तयारीमा सरकार लागेको बताए ।

उनले भने, ‘सरकारले अर्थमन्त्रीकै संयोजकत्वमा सार्वजनिक खरिद ऐन संशोधन गर्न समिति गठन भएको छ । बजारमा देखिएको तरलता हटाउन शुक्रबार नै सबै वाणिज्य बैंकका कार्यकारी निर्देशकहरूसँग छलफल गरेका छौं । अब केही दिनमै तरलताको समस्या समाधान हुनेछ ।’

अर्थमन्त्री शर्माले पोखरा–काठमाडौंको सडकलाई थप बिस्तार गरेर लामो पट्यार लाग्दो यात्रालाई २ घण्टामा झार्नको लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल अघि बढाएको बताए । उनले कोभिडले पीडित व्यवसायीको लागि घोषित पुनः कर्जा र अनुदान वितरणको प्रभावकारिता अनुगमन थालिएको बताउँदै साना व्यवसायीलाई अनुदान दिने प्रक्रिया सुरु भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप