आफू निकटको बैठकमा रामचन्द्रले अघि सारे दुई विकल्प
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकटका केन्द्रीय सदस्यहरुको बैठकमा दुई विकल्प अघि सारेका छन् । पहिलो विकल्पमा उनले इतर समूहबाट पार्टीको १४ औँ महाधिवेशनमा सभापतिको दावी प्रस्तुत गर्ने नेताहरु आपसमा मिले आफू सहयोग गर्न तयार रहेको बताएका छन् । तर दाबेदारहरु आपसमा नमिले भने आफू अघि बढ्ने प्रस्ताव अघि सारेको बैठकमा सहभागी केन्द्रीय सदस्य गगन थापाले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार बैठकको सुरुमै पौडेलले महाधिवेशनमा इतर पक्ष मिलेर जानुको विकल्प नरहेको भन्दै सभापतिको दाबेदारहरु प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला र कृष्ण सिटौला आपसमा मिल्नुपर्ने धारणा राखेका थिए । यी चार नेता आपसमा मिलेर साझा उम्मेदवार तयार गर्न सक्ने अवस्था बनेमा आफू नेतृत्वको दौडबाट पछि हटेर सहयोग गर्न तयार रहेको पौडेलको भनाइ थियो । तर चार नेता आपसमा नमिलेको अवस्थामा आफूले परिस्थिति सहज बनाएर आफै अघि बढ्ने उनको धारणा थियो ।
उनले भने, तपाईँहरू मिल्न र मिलाउन पनि सक्नुहुन्छ भने मलाई मिलाउने जिम्मा दिनुस् । सबैलाई मिलाएर म नै नेतृत्व गर्नेगरी अघि बढ्छु ।’ पौडेलको उक्त प्रस्तावमा अरु नेताहरुले केही जवाफ फर्काएनन् । यस्तै आजको बैठकमा सहभागी नहुने नेता प्रकाशमान सिंहको सन्दर्भमा पनि छलफल भएको थापाले बताए । बैठकमा नेताहरु गगन थापा, धनराज गुरुङ, चन्द्र भण्डारीलगायतका सबै एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।
उनीहरुले सबैलाई टीममा राख्न सकिएन भने त्यस्तो अवस्थामा शेरबहादुर देउवालाई रोक्न कसैले नसक्ने धारणा राखे । बैठकपछि महामन्त्री शशांक कोइरालाले पनि इतर पक्ष एकजुट भएर महाधिवेशनमा होमिनुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण