भुसालको प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने एकीकृत समाजवादीको निर्णय
नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा विभिन्न दल र शक्तिहरूसँग भएको वार्ताबारेको रिपोर्ट प्रस्तुत भएको छ । शुक्रबार बसेको एकीकृत समाजवादीको सो बैठकमा महासचिव डा वेदुराम भुषालले रिपोर्ट प्रस्तुत गरेको र रिपोर्ट बारेको प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा लैजाने निर्णय भएको छ ।
यस्तै बैठकले कुनैपनि पार्टीको शक्ति, क्षमता र जनाधार, राजनीतिक दृष्टिकोण र महत्वका आधारमा सबैसँग वार्ता गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकमा बोल्दै पार्टी अध्यक्ष माधव कुमार नेपालले नेपाली राजनीतिमा नेकपा (एकीकृत समाजवादी)को महत्व दिनानुदिन बढीरहेको भन्दै पार्टी प्रवेशको लागि आकर्षण बढीरहेको धारणा राखेका थिए । उनले छाडेर आफ्नोमा संगठित हुन विभिन्न जिल्लाका नेताहरुसँग छलफल भइरहेको पनि बैठकलाई जानकारी गराएका थिए ।
उनले एमाले अध्यक्ष केपी ओलीले षडयन्त्रमूलक तरिकाले झुट र भ्रम फैलाइरहेका भन्दै त्यसविरुद्ध लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण