भुसालको प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने एकीकृत समाजवादीको निर्णय

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा विभिन्न दल र शक्तिहरूसँग भएको वार्ताबारेको रिपोर्ट प्रस्तुत भएको छ । शुक्रबार बसेको एकीकृत समाजवादीको सो बैठकमा महासचिव डा वेदुराम भुषालले रिपोर्ट प्रस्तुत गरेको र रिपोर्ट बारेको प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा लैजाने निर्णय भएको छ ।
यस्तै बैठकले कुनैपनि पार्टीको शक्ति, क्षमता र जनाधार, राजनीतिक दृष्टिकोण र महत्वका आधारमा सबैसँग वार्ता गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकमा बोल्दै पार्टी अध्यक्ष माधव कुमार नेपालले नेपाली राजनीतिमा नेकपा (एकीकृत समाजवादी)को महत्व दिनानुदिन बढीरहेको भन्दै पार्टी प्रवेशको लागि आकर्षण बढीरहेको धारणा राखेका थिए । उनले छाडेर आफ्नोमा संगठित हुन विभिन्न जिल्लाका नेताहरुसँग छलफल भइरहेको पनि बैठकलाई जानकारी गराएका थिए ।
उनले एमाले अध्यक्ष केपी ओलीले षडयन्त्रमूलक तरिकाले झुट र भ्रम फैलाइरहेका भन्दै त्यसविरुद्ध लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार निर्वाचन : मिश्र श्रेष्ठभन्दा एक हजार १४३ मतले अगाडि, कहिले सकिन्छ मतगणना ?
-
कांग्रेस र कम्युनिस्टको नीतिको कारण देशमा विकास पछि परेको हो : उपेन्द्र यादव
-
पेस्तोल, गोली र १ सय ९ किलो गाँजासहित युवक पक्राउ
-
उदयपुर सिमेन्ट उद्योगका विषयमा समितिमा छलफल
-
मौरीले टोकेर एक जनाको मृत्यु
-
म्यानमार सहयोग पठाउँदै सरकार