सुनको कोटा दैनिक ३० किलो बनाउन व्यवसायीको माग

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा शुक्रबार गएको महासंघको प्रतिनिधिमण्डलले हालको आपूर्ति व्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै तत्काल आपूर्ति ब्यवस्था बढाउन राष्ट्र बैंकसँग आग्रह गरेको हो ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेल समक्ष मुलुकभर रहेका सुनचाँदी व्यवसायीको संख्या, यो व्यवसायमार्फत प्राप्त रोजगारी, राज्यलाई प्राप्त राजस्व लगायतका बिषय समेटिएको प्रतिवेदन बुझाउँदै महासंघले हाल हुँदै आएको दैनिक २० किलो सुन अपर्याप्त भएको बताएको छ ।
सो अवसरमा महासंघका अध्यक्ष शाक्यले हाल विभिन्न बाणिज्य बैंक मार्फत सुनको आपूर्ति हुँदै आएकोमा त्यसलाई व्यवस्थित र प्रभावकारी वनाउन गोल्ड बैंकमार्फत आपूर्ति गर्ने व्यवस्था मिलाउनुपर्ने आवश्यकता औंल्याए ।
यस्तै विभिन्न नाकावाट सुनको वितरण गर्नुपर्ने नीतिगत व्यवस्था भएपनि हालसम्म सुनको वितरण काठमाडौं केन्द्रित रहेकोले त्यसलाई विकेन्द्रित गर्दै सहजरुपमा तोकिएका नाकावाट व्यवसायीले कच्चा सुन पाउने व्यवस्थ मिलाउनुपर्ने समेत शाक्यले बताए ।
व्यवसायीसँगको भेटका क्रममा कार्यकारी निर्देशक पौडेलले व्यवसायीका तर्फबाट बुझाइएको प्रतिवेदन बुझ्दै माग सम्बोधन गर्न आवश्यक पहल गर्ने आश्वासन दिएका छन् । ज्ञापनपत्र बुझाउन महासंघका तर्फबाट वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, प्रथम उपाध्यक्ष मोहनकाजी शाक्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ लगायतका पदाधिकारीहरु गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी सुशासन खै भन्छौँ, सरकार प्रहरी कुटदैछौँ भन्छ : मनिष झा
-
पब्लिक यूथ क्याम्पसको स्ववियु निर्वाचन
-
कांग्रेस केन्द्रीय कार्यालयमा शिक्षकको धर्ना, तस्बिरहरू
-
कोशी प्रदेश : विपक्षी दलको बैठक सुरु
-
ज्ञानेन्द्रको उक्साहटमा संविधानविपरीत कार्यहरू भए, नियन्त्रण गर्नुपर्छ : महेश बर्तौला
-
हेटौँडा अस्पतालमा मुटु रोगसम्बन्धी उपचार सेवा सुरु