एमाले छाडेर एकीकृत समाजवादी प्रवेश गर्नेको लहर चल्योः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले छाडेर आफ्नो पार्टीका प्रवेश गर्नेहरुको लहरनै चलेको दावी गरेका छन् । शुक्रबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटीको बैठकमा बोल्दै उनले उत्साहपूर्ण ढंगले एमाले छाडेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको शिलाशिलानै चलेको दावी गरे । अध्यक्ष नेपालले डडेलधुरामा हालसालै एमालेको सिंगो जिल्ला कमिटीनै आफ्नो पार्टीमा प्रवेश गरेपछि देशभर त्यसको प्रभाव राम्रो परेको प्रतिक्रिया समेत दिए ।
उनले अन्य पार्टी पनि आफ्नो पार्टीमा एकतावद्ध भएर अघि बढने विषयमा छलफल भईरहेको बताए । अध्यक्ष नेपालले केपी ओली गुटले पार्टीविरुद्ध झुटा प्रचार गरिरहेको भन्दै त्यसका विरुद्धमा चोटिलो प्रहार गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘नेकपा एमाले छोडेर हाम्रो पार्टीमा प्रवेश गर्ने शिलशिला चलेको छ । उत्साहवद्र्धक पनि छ । उदाहरणको निम्ति डडेलधुरा जिल्ला, त्यहाँ झण्डैझण्डै सबै जिल्ला कमिटीनै एमाले छोडेर हाम्रो पार्टीमा प्रवेश गरेको छ । बेग्लै किसिमको उत्साह पैदा गरेको छ । तरंग पैदा गरेको छ । तर यति हुँदाहुँदै पनि हाम्रो विपक्षमा केपी गुट पूरै लागि परेको छ । र उसले अनावश्यक आरोप लगाईरहेको छ । झूटा प्रचार गरिरहेको छ । यसको सशक्त प्रतिकार गर्ने कुरालाई अझै चोटिलो र धारिलो बनाउनु पर्नेछ ।’
अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन चुनावसम्मै जाने बताए । उनले राष्ट्रियसभाको निर्वाचन र उपनिर्वाचनमा सत्तारुढ दलहरुले मिलेर उम्मेदवारी दिने सहमति गरिएको पनि बताए । सत्तारुढ गठबन्धनलाई तोड्न नदिनका लागि आफूहरुले सत्तारुढ दलबीच समन्वय समिति बनाउनु परेको पनि उनले बताए ।
अध्यक्ष नेपालले निर्वाचनको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्दै नतिजा राम्रो आउने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविका उपकुलपति बरालको राजीनामा सनाखतपछि स्वीकृति गरिने
-
रवि थुनामा गएपछि रास्वपाले बोलायो सचिवालय बैठक
-
महाकालीमा बाँध निर्माण नहुँदा जोखिममा बस्ती
-
सिंहदरबार घेर्ने आजपाको घोषणा
-
राप्रपाको सभामा घुसपैठको आरोप लागेका ४ जनामाथि प्रहरीले थाल्यो अनुसन्धान
-
बान्डुङ भावनाप्रति नेपालको प्रतिबद्धताः सभामुख घिमिरे