बीपी प्रतिष्ठानमा अनियमितता गर्ने पदाधिकारीलाई कारबाही गर्न सिफारिस
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भनिएको अनियमितताको छानबिन गर्न गठित समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । शुक्रबार प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री देउवालाई छानबिन समितिका संयोजक एवंम स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले प्रतिवेदन बुझाएका हुन् ।
स्वास्थ्य मन्त्रालयको उच्च स्रोतका अनुसार प्रतिष्ठानका पदाधिकारीलाई कारबाहीको सिफारिस गरिएको छ । प्रतिष्ठानका पदाधिकारीहरुले पदीय मर्यादा अनुसार काम नगरको ठहर गर्दै पदाधिकारीलाई कारबाहीको सिफारिस गरिएको हो ।
प्रतिष्ठानका पदाधिकारीले नियमविपरीत काम गरेको पाइएकाले कारबाही प्रक्रियालाई अगाडि बढाउन छानविन समितिले सुझाव दिइएको छ । यस्तै प्रतिष्ठानका पदाधिकारीहरुले अनियमिता गरेको भन्दै त्यहाँ कर्मचारी, शिक्षक, विद्यार्थीहरुले लामो समयदेखि आन्दोलन गर्दै आएका थिए । सहकुलपति मन्त्री खतिवडा संयोजकत्वमा बनेको समितिमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र धरान उपमहानगरपालिकाका मेयर तिलक राई सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
-
‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण