लुम्बिनी प्रदेशमा माओवादीका क्रियाशील सदस्य करिव ९० हजार
लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रको क्रियाशील सदस्यता करिब ९० हजार पुगेको छ । लुम्बिनी प्रदेश पार्टी कार्यालयका सचिव सुदर्शन बरालका अनुसार प्रदेशका १२ जिल्लामा गरी हालसम्म ७४ हजारभन्दा बढी सदस्यको नाम कम्प्युटरमा इन्ट्री भइसकेको छ ।
निर्धारित समयभित्र क्रियाशील करिब ९० हजार क्रियाशील सदस्य पुग्ने देखिएको उनले बताए । उनका अनुसार माओवादी केन्द्रको क्रियाशील सदस्यता लिनेहरुको संख्या बढेको छ ।
विगतमा मोहन वैद्य ‘किरण’ले पार्टी फुटाएपछि माओवादी केन्द्रले गाविस सम्मेलन गर्दा गुल्मीमा तीन हजार ६०० जनाले क्रियाशील सदस्यता लिएकोमा हाल सो जिल्लामा ५ हजार ३५७ जनाले कम्प्युटर मै सदस्यता इन्ट्री गरेका छन् ।
क्रियाशील सदस्यताका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था भएअनुसार रुपन्देहीमा ६ हजार ५३९ जनाले सदस्यता भरेका छन् । यस्तै, पाल्पामा ३ हजार ४६१ जना, नवलपरासी पश्चिममा ३ हजार २५१ जना, कपिलवस्तुमा ३ हजार ४२४ जना र अर्घाखाँचीमा २ हजार १५२ जनाले सदस्यता भरेका छन् ।
त्यस्तै प्युठानमा ५ हजार ३२४, दाङ्गमा १३ हजार ९०५, बर्दियामा ११ हजार ७३६, रोल्पामा १४ हजार ८५९, रुकुम पश्चिममा ५ हजार ९५४ र बाँकेमा ८ हजार ९०२ जनाले सदस्यता भरेको बरालले बताए ।
उनका अनुसार देशभर माओवादी केन्द्रको क्रियाशील सदस्य संख्या करिब ८ लाख पुग्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण