आईपीएस तालिममा नेपाल प्रहरीका ३ जना इन्स्पेक्टरलाई अवार्ड
इन्डियन पुलिस सर्भिस (आईपिएस)को तालिममा नेपाल प्रहरीका ३ जना इन्स्पेक्टरले अवार्ड जितेका छन् । भारतको हैदरावाद स्थित सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमीमा संचालित तालिममा सहभागी नेपालका ३ जना इन्स्पेक्टरले अवार्ड जितेका हुन् ।
इन्सपेक्टर सिमोन धितालले द जयपुर कपको उपाधि जितेकी छिन् । प्रहरी निरीक्षक अनिल थापाले आउटडोरतर्फ ‘द बिएसएफ ट्रफी’ जितेका छन् । निरिक्षक किरण रावतले ‘द जयपुर कप’ कपको उपाधि हाँसिल गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
५० हप्ता लामो तालिममा उत्कृष्ट निरीक्षहरुलाई शुक्रवार आयोजित समारोहमा भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभालले अवार्ड प्रदान गरे । दिक्षान्त समारोहमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री पनि सहभागी थिए । नेपाल सन् १९५४ देखी यो तालिममा सहभागी हुँदै आएको छ । तालिममा नेपाल, भारत, भुटान र माल्दिभ्सका प्रहरी अधिकृत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण