आईपीएस तालिममा नेपाल प्रहरीका ३ जना इन्स्पेक्टरलाई अवार्ड

इन्डियन पुलिस सर्भिस (आईपिएस)को तालिममा नेपाल प्रहरीका ३ जना इन्स्पेक्टरले अवार्ड जितेका छन् । भारतको हैदरावाद स्थित सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमीमा संचालित तालिममा सहभागी नेपालका ३ जना इन्स्पेक्टरले अवार्ड जितेका हुन् ।
इन्सपेक्टर सिमोन धितालले द जयपुर कपको उपाधि जितेकी छिन् । प्रहरी निरीक्षक अनिल थापाले आउटडोरतर्फ ‘द बिएसएफ ट्रफी’ जितेका छन् । निरिक्षक किरण रावतले ‘द जयपुर कप’ कपको उपाधि हाँसिल गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
५० हप्ता लामो तालिममा उत्कृष्ट निरीक्षहरुलाई शुक्रवार आयोजित समारोहमा भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभालले अवार्ड प्रदान गरे । दिक्षान्त समारोहमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री पनि सहभागी थिए । नेपाल सन् १९५४ देखी यो तालिममा सहभागी हुँदै आएको छ । तालिममा नेपाल, भारत, भुटान र माल्दिभ्सका प्रहरी अधिकृत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनाको असर : बल्खु क्षेत्रमा व्यापारीले लगाए सटर
-
जय राष्ट्रवादको नारा लगाएर बल्खुमा सुरु भयो राप्रपाको खबरदारी सभा
-
मधेस भगवान् राम र लक्ष्मणले ज्ञान आर्जन गरेको ठाउँ हो : प्रधानमन्त्री ओली
-
घरजग्गा कारोबार किन शिथिल ?
-
कांग्रेसका मुख्य भ्रातृ संस्थामा ‘टीके नेतृत्व’, निर्धारित समयमा महाधिवेशन नहुने निश्चित
-
आफ्ना तीन सन्तानका लागि सम्पत्तिको १ प्रतिशत मात्रै छाड्दैछन् बिल गेट्स