प्रचण्डको स्वकीय सचिवमा रमेश मल्ल

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो सचिवालय हेरफेर गरेका छन् । प्रचण्डको सचिवालय प्रभावकारी बनाउन पार्टीभित्रैबाट सुझाव आएअनुसार हेरफेर गरिएको बताइएको छ । हालै सम्पन्न स्थायी कमिटी बैठकबाटै प्रचण्डको सचिवालयमा रहनेहरू हेरफेर गर्ने निर्णय भएको थियो । सोहीअनुसार आज स्वकीय सचिवको जिम्मेवारी पार्टीका युवा नेता रमेश मल्ललाई दिइएको छ । यस्तै हालसम्म प्रमुख स्वकीय सचिव रहेका जोखबहादुर मल्ललाई प्रदेशतर्फ सरुवा गरिएको छ । उनलाई लुम्बिनी प्रदेशको सहइन्चार्जको भूमिका दिइएको छ ।
यसैगरी हाल प्रेस संयोजकको भूमिकामा रहेका विष्णु सापकोटालाई पनि प्रेस सेन्टरतर्फ केन्द्रीत गर्ने निर्णय भएको छ । हाललाई नयाँ प्रेस संयोजक कसलाई राख्ने भन्नेबारे भने नयाँ निर्णय भएको छैन । यस्तै सचिवालयमा प्रचण्डको छोरी गंगा दाहाल पनि रहेकी छिन् ।
प्रचण्डले सचिवालयलाई प्रभावकारी बनाउन पुनःसंरचनाको पहल थालेको बताइएको छ । पछिल्लो समय सचिवालय प्रभावकारी हुन नसकेको गुनासोसहित व्यवस्थित बनाउन प्रचण्डलाई नेता कार्यकर्ताले सुझाव दिँदै आएका थिए ।