फेसबुकमा वडाध्यक्षलाई ‘छोटे राजा’ भनेपछि...

सल्यानका एक जना जनप्रतिनिधिले आफूविरुद्ध सामाजिक सञ्जालमा लेखेकै कारण स्थानीय युवालाई सेवा प्रतिबन्धमा रोक लगाएका छन् । यस्तो प्रतिबन्ध लगाउने बागचौर नगरपालिका–४ का वडाअध्यक्ष प्रेमबहादुर पुन हुन् ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित उनले सोही वडाको सिमाखोली भन्ने ठाउँका दिलबहादुर केसीलाई वडाबाट दिइने सम्पूर्ण सेवाबाट वञ्चित गराएका हुन् । उनले प्रेस विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा वडाध्यक्ष र वडा सदस्य लगायतका जनप्रतिनिधिलाई समेटेर ‘छोटे राजा’ संज्ञा दिइ चरित्रहत्या गर्ने काम भएको उनको भनाइ छ ।
‘अदालतमा ती युवाका भाइको एउटा मुद्दा परेको थियो,’ वडाध्यक्ष पुनले रातोपाटीसँग भने, ‘अनि म कतै नजोडिएको मान्छे त्यसरी नाम आएकाले प्रत्युत्तरमा यसो भनिएको हो । अझ, छोटे राजा भन्ने शब्दलाई नै लिएर हामीले प्रत्युत्तरमा यसो भनेका हौं ।’
उनले वडाबाट दिइने सेवामै प्रतिबन्ध लगाएको कुरामा भने आफूलाई पनि ‘गल्ती’ महसुस भएको सुनाए । आवेगमा आएर यसो भनिए पनि आफूले कुनै प्रतिबन्ध नलगाएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीको प्रदर्शनमा ज्यान गुमाएका पत्रकार रजकको १३ औँ पुण्य तिथिमा दीप प्रज्वलन
-
५ सय ६० मत गन्न बाँकी रहँदा बारको गणना स्थगित
-
पर्यटनले शिथिल अर्थतन्त्र चलायमान बनाउने छ : उपप्रधानमन्त्री सिंह
-
आफ्नो मिम बनाएकोमा दुर्गा प्रसाईँको गुनासो
-
मानवअधिकारवादीको रोहबरमा सार्वजनिक हुन तयार छुँ : दुर्गा प्रसाईं
-
मुलुकमा राजनीतिक स्थिरता भएकाले ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह