शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालयन बैंकमा अब नेपालपे क्यूआर सुविधा

शुक्रबार, २६ कात्तिक २०७८, १५ : ४९
शुक्रबार, २६ कात्तिक २०७८

हिमालयन बैंकले नेशनल पेमेन्ट स्वीचमा आवद्ध भइ नेपालपे क्यूआर सञ्चालन गर्न नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरेको छ । ग्राहकहरूलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवासुविधा उपलब्ध गराउन बैंक र हाउसबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतासँगै हिमालयन बैंक यो सुविधामार्फत बैंकिङ कारोबार गर्ने नेपालको पहिलो बैंक बनेको छ । ग्राहकहरूले नेपालपे क्यूआर संचालनमा ल्याउने सबै मर्चेन्टहरूबाट सहज र सरल रूपमा खरिद गरिएका वस्तु तथा सेवाहरूको भुक्तानी क्यूआरमार्फत गर्न सक्ने बैंकले जनाएको छ । 

बैंकले क्लियरिङ हाउसबाट उपलब्ध अन्य सेवा पनि नेशनल पेमेन्ट स्वीचमार्फत क्रमिक रूपमा उपलब्ध गराउने जानकारी दिएको छ । नेशनल पेमेन्ट स्वीचमा आवद्ध भइ संचालनमा आएको नेपालपे क्यूआर एक उत्कृष्ट तथा सुरक्षित भुक्तानी प्रणाली भएकोले बैंकका ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकको दाबी छ । यस प्रणालीमा आवद्ध भएपश्चात ग्राहकहरू नगदै भुक्तानी गर्नुपर्ने झण्झटबाट मुक्त हुनेछन् । 

हिमालयन बंैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोकशम्सेर राणा र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप