शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शाहरुख खानले छोराका लागि खटाए बडीगार्ड, नयाँ मान्छेसँग झर्को मान्छन् आर्यन

शुक्रबार, २६ कात्तिक २०७८, १५ : ४८
शुक्रबार, २६ कात्तिक २०७८

शाहरुख खानका छोरा आर्यन खान कार्डिएला क्रुज ड्रग्स केसमा फसेदेखि नै विवादमा छन् । थुप्रै हप्तासम्म जेलमा सजाय काटेपछि आर्यन २९ अक्टोबरमा जमानतमा छुटेका छन् । जमानतपछि पनि आर्यन मिडिया र प्रशंसकबाट टाढै छन् तर आर्यनलाई चाँडै नै सार्वजनिक रुपमा देखिने सम्भावना छ किनभने उनले अब एक नीजि बडीगार्ड पाइसकेका छन् । अबदेखि आर्यन खानको सुरक्षाको जिम्मेवारी शाहरुख खानका पुराना सिक्योरिटी हेड रवि सिंहलाई दिइएको भारतीय सञ्चारम माध्यमले जानकारी दिएका छन् ।

आर्यन खान जेलबाट छुटेपछि नै शाहरुख छोराका लागि बडीगार्डको खोजीमा थिए । हालै सार्वजनिक भएको बलिउड लाइफको खबर अनुसार नयाँ बडीगार्ड खोज्नुको साटो शाहरुख खानले आफ्नो सिक्योरिटी हेड रवि सिंहलाई आर्यनका लागि नियुक्त गरेका छन् । अब शाहरुख खान आफ्नो लागि नयाँ बडीगार्डको प्रबन्ध मिलाउनेछन् ।

आर्यनलाई नयाँ मानिससँग घुलमिल हुन समय लाग्छः

रिपोर्टका अनुसार शाहरुख खानका छोरा सबैसँग घुलमिल हुन सक्दैनन्, उनलाई नयाँ मानिसहरुको साथ मनपर्दैन । यस्तोमा शाहरुखले आफ्ना नीजि सुरक्षागार्डलाई उनको सुरक्षाका लागि तैनाथ गरेका छन् । आर्यन बाल्यकालदेखि नै रविसँगै छन्, यस्तोमा उनलाई असहज हुने छैन ।

हरेक हप्ता एनसीबीको कार्यलय जान्छन् आर्यनः

जमानतपछि आर्यन खान हरेक हप्ता एनसीबीको कार्यालयमा उपस्थिति जनाउन जान्छन् । आर्यन हरेक शुक्रबार घरबाट निस्कन्छन् । शाहरुख आर्यनसँग कुनै बफादार व्यक्ति हुनुपर्ने मान्यता राख्छन् ।

जमानतपछि आर्यनलाई लिन पुगेका थिए रविः

आर्यन खानलाई जमानतपछि लिन रवि सिंह नै आर्थर जेल पुगेका थिए । उनी त्यतिबेला चर्चामा आएका थिए, त्यतिबेलाको उनको तस्बिर सोसल मिडियामा पनि निकै चर्चित भएको थियो ।

को हुन् रवि सिंह ?

बडिगार्ड रवि सिंह पछिल्लो एक दशकदेखि शाहरुख खानको सुरक्षाको जिम्मेवारी लिइरहेका छन् । रवि शाहरुखसँग छायाँजस्तै हुन्छन् । उनीसँग हरेक स्थानमा पुगेका हुन्छन् । रविले यो कामका लागि वार्षिक २.७ करोड भारु पारिश्रमिक पाउँछन् । रवि बलिउड उद्योगका सबैभन्दा बढी कमाउने बडीगार्डमध्ये एक हुन् । सन् २०१४ मा रविमाथि मराठी नायिका शरवरीले अवार्ड शोमा धक्का दिएको आरोप लगाएकी थिइन् । यद्यपि, प्रहरीले उनलाई चेतावनी दिएर छोडेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप