पौडेलले बोलाएको बैठकमा प्रकाशमान अनुपस्थित
शुक्रबार, २६ कात्तिक २०७८, १५ : २७
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको आफूपक्षीय केन्द्रीय सदस्यको बैठक सुरु भएको छ । बत्तीसपुतलीस्थित एक होटलमा सुरु भएको बैठकमा उनीपक्षीय नेता प्रकाशमान सिंह अनुपस्थित छन् ।
पौडेल पक्षबाट सभापतिमा दावी गरेका सिंह आजको बैठकमा सहभागी नभएको एक नेताले बताए । आइतबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको एजेण्डाको सन्दर्भमा गुटगत धारणा तय गर्न पौडेलले बैठक बोलाएका थिए । तर, सो बैठकमा प्रकाशमानको अनुपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
पछिल्लो समय सिंहले नेता पौडेलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन् । पौडेल समूहमा सभापतिमा आकांक्षीमध्येका सिंह महाधिवेशनको मुखमा नयाँ रणनीतिका साथ अघि बढ्न लागेको बताइएको छ । उनी निकटस्थहरुका अनुसार सिंह पछिल्लो समय सभापति शेरबहादुर देउवासँग आन्तरिक छलफलमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण