पौडेलले बोलाएको बैठकमा प्रकाशमान अनुपस्थित
शुक्रबार, २६ कात्तिक २०७८, १५ : २७

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको आफूपक्षीय केन्द्रीय सदस्यको बैठक सुरु भएको छ । बत्तीसपुतलीस्थित एक होटलमा सुरु भएको बैठकमा उनीपक्षीय नेता प्रकाशमान सिंह अनुपस्थित छन् ।
पौडेल पक्षबाट सभापतिमा दावी गरेका सिंह आजको बैठकमा सहभागी नभएको एक नेताले बताए । आइतबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको एजेण्डाको सन्दर्भमा गुटगत धारणा तय गर्न पौडेलले बैठक बोलाएका थिए । तर, सो बैठकमा प्रकाशमानको अनुपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
पछिल्लो समय सिंहले नेता पौडेलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन् । पौडेल समूहमा सभापतिमा आकांक्षीमध्येका सिंह महाधिवेशनको मुखमा नयाँ रणनीतिका साथ अघि बढ्न लागेको बताइएको छ । उनी निकटस्थहरुका अनुसार सिंह पछिल्लो समय सभापति शेरबहादुर देउवासँग आन्तरिक छलफलमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म