बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

वोमी लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने

शुक्रबार, २६ कात्तिक २०७८, १५ : १२
शुक्रबार, २६ कात्तिक २०७८

वोमी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयर सदस्यहरुलाई अधिकतम २० प्रतिशत बोनस सेयर दिने भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।

लघुवित्त सञ्चालक समितिको कात्तिक २५ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । जसअनुसार लघुवित्तले कुल ८ करोड २३ लाख ८८ हजार ८८० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात लगानीकर्तालाई वितरण गरिनेछ । हाल लघुवित्तको चुक्ता पूँजी ४१ करोड १९ लाख ४४ हजार ४०० रुपैयाँ रहेको छ । बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ४९ करोड ४३ लाख ३३ हजार २८० रुपैयाँ पुग्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप