बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

‘न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग’ गठन गर्न माग

शुक्रबार, २६ कात्तिक २०७८, १५ : ११
शुक्रबार, २६ कात्तिक २०७८

विवेकशील साझा पार्टीले ‘न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग’ गठन गर्न माग गरेको छ।  सो पार्टीका प्रवक्ता शरदराज पाठकले विज्ञप्तिमार्फत प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै न्यायाधीशहरूको बेन्च बहिष्कार र कानुन व्यवसायीहरूको आन्दोलनका कारण चुलिएको सङ्कटप्रति चिन्ता व्यक्त गर्दै जारी समस्या समाधान गर्न ‘न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग’ गठन गर्न माग गरेका हुन् । 

‘एक जना पात्रलाई पदबाट हटाएर मात्र न्यायपालिकाको अहिलेको समस्यामा ठोस सुधार आउनेछैन, तर त्यो सुधारको प्रस्थान बिन्दु भने बन्न सक्छ। अतः समस्याको स्थायी समाधान खोज्न संसद् र सरकारको सिफारिसमा राष्ट्रपतिबाट न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग गठनका लागि विवेकशील साझा पार्टी जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ । 

आम रूपमा विवादै विवादको घेरामा परेका र आफ्ना सबै सहकर्मी न्यायाधीशको समेत विश्वास गुमाइसकेका प्रधानन्यायाधीश राणाले न्यायालयको साख थप गिर्न नदिन पदबाट राजीनामा गर्नु नै उचित हुने समेत ठहर गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप