बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सहमतिमै नेतृत्व चयन हुन्छ : महासचिव पोखरेल

शुक्रबार, २६ कात्तिक २०७८, १४ : ४४
शुक्रबार, २६ कात्तिक २०७८

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमा सहमतिमा नेतृत्व चयन हुने बताएका छन् । महासचिव पोखरेलले देशभरका नेता कार्यकर्ताहरूले पनि सहमतिका साथ नेतृत्व चयन हुनुपर्ने चाहना राखेको बताए ।

शुक्रबार एमाले दशौं राष्ट्रिय महाधिवेशन मुल आयोजक समितिद्वारा आयोजित लोगो सार्वजनिक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पार्टीको दशौं महाधिवेशनले राष्ट्रिय राजनीतिलाई नै सही दिशा दिने बताए । उनले भने, दशौं राष्ट्रिय महाधिवेशनले राष्ट्रिय राजनीतिलाई नै सही दिशा दिनेछ । एमालेको जीवनमा मात्र होइन, राष्ट्रिय जीवनमा समेत यसको विशेष महत्व रहेको छ ।’

अहिले राष्ट्रिय राजनीति दुई धुर्बमा विभाजित भएको बताउँदै महासचिव पोखरेलले एउटा धुर्बको  नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको र अर्को धुर्बको नेतृत्व अन्य राजनीति दलहरुले गरेको बताए । उनले भने, अहिले राष्ट्रिय राजनीति दुई पोलमा विभाजित छ । एउटाको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको छ, अर्कोको नेतृत्व अरु राजनीतिक दलहरुले गरेका छन् । देशलाई माया गर्ने, विकास निमार्ण गर्ने जनता ओलीको पक्षमा छन्, त्यसका विरोधी अर्को धुर्बमा छन् ।’ 

कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले दशौं महाधिवेशनको प्रचार प्रसार र त्यसको तयारीको काम तिव्र रुपमा भैरहेको बताए । डिजिटल डिस्प्लेमार्फत महाधिवेशनको प्रचार प्रचार भैरहेको बताउँदै भट्टराईले मंसिर ७ गते मोटरसाइकल र्‍यालीको समेत आयोजना गरिएको बताए । उनले महाधिवेशनको प्रचारप्रसारका लागि सबै राजमार्ग र सहायक राजमार्गमा स्वागत द्वार निर्माण गरिने समेत बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप