शम्भु थापाको प्रश्न : दलहरूलाई भ्रष्ट प्रधानन्यायाधीश चाहिएको कि स्वच्छ ?

वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाल बार र सर्वोच्च बारले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको बर्खास्त गरिसकेको भन्दै सेना र प्रहरीको बलमा सर्वोच्च छिरे पनि उनले केही गर्न नसक्ने बताएका छन् ।
शुक्रबार सर्वोच्च अदालत परिसरमा नेपाल बारको आयोजनामा भएको विरोध प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै नेपाल बारका पूर्व अध्यक्ष समेत रहका थापाले प्रधानन्यायाधीश प्रकरणमा राजनीतिक दलहरु मौन बसेकोमा समेत आपत्ति जनाए ।
‘दलहरु बोल्नुहुन्छ कि हुन्न ? तपाईंहरुलाई भ्रष्ट प्रधानन्यायाधीश चाहिएको छ कि स्वच्छ ?’, थापाले दलहरूलाई प्रश्न गरे । उनले नेपाली जनताले भ्रष्ट प्रधानन्यायाधीश नखोजेको भन्दै स्वच्छ प्रधानन्यायाधीश नभए न्यायको मूल्य मर्ने बताए ।
उनले राजनीतिक दल र सरकारलाई यस्तो प्रधानन्यायाधीशलाई अब सरकारले सुरक्षा दिएर नराख्ने घोषणा गर्न समेत सुझाव दिए । कार्यक्रममा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार साढे नौ बजे पुन अदालतमा धर्ना बस्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि धमाधम रुख कटान
-
रु एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
चक्रपथ दोस्रो खण्ड विस्तारमा अझै समय लाग्ने, सर्भे गर्दै चिनियाँ टोली
-
गर्मीमा कहिले र कसरी लगाउने सनस्क्रिन क्रिम ?
-
गाजामा बलजफ्ती कब्जा गर्ने नेतन्याहूको योजना, हमासविरुद्ध सैन्य आक्रमणको प्रस्तावमा सुरक्षा परिषदको अनुमति