वायुसेवा निगमले गर्यो चार अन्तर्राष्ट्रिय हवाई कम्पनीसँग उडान सम्झौता

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले विभिन्न चार अन्तर्राष्ट्रिय हवाई कम्पनीसँग द्विपक्षीय सम्झौता गरेको छ । निगमले थाई एयरवेज, अल निप्पोन एयरलाइन्स, कुवेत एयरवेज र इमिरेट्सबीच हवाई सम्झौता गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमले युरोपका विभिन्न सहर, अस्ट्रेलियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कुवेत र बहराइनसहित विभिन्न १० वटा हवाईमार्गमा उडान भर्ने चार कम्पनीसँग द्विपक्षीय सम्झौता गरेको हो ।
न्यूनतम ‘ट्रान्जिट’ समय प्रयोग गरी गरिएको सम्झौतामार्फत यात्रुलाई थप सहज हुने निगमले जनाएको छ । साथै निगमलाई थप आयआर्जनको माध्यम सिर्जना हुने अपेक्षा पनि गरिएको छ । निगमको केन्द्रीय कार्यालय तथा ट्राभल एजेन्सीहरूबाट सम्झौता भएका वायुसेवा कम्पनीहरूको टिकट सहजै प्राप्त गर्न सकिने पनि निगमले जनाएको छ ।
निगमले यसबाहेक अमेरिकाका विभिन्न सहरमा पनि यस्तै किसिमको सम्झौताका लागि विभिन्न वायुसेवा कम्पनीसँग समन्वय गरिरहेको पनि जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्य सम्पादनलाई पारदर्शी बनाउन मन्त्री दाहालको निर्देशन
-
भीमा गुरुङ मृत्यु प्रकरण: एक वर्षपछि फैसला, १५ लाख क्षतिपूर्ति दिनुपर्ने
-
करिब २ सय ४४ किलोग्राम गाँजासहित बोलेरो चालक पक्राउ
-
फुटबल लिजेन्ड रोबर्टो कार्लोस एनएसएल क्वालिफायर खेलको विशेष अतिथि
-
निरन्तरको कमजोर प्रदर्शनपछि प्ले–अफमा पुग्न सङ्घर्षरत मुम्बई र हैदराबाद आपसमा भिड्दै
-
काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण