आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सुडानी सेना प्रमुखद्वारा शक्तिशाली परिषद् गठन

शुक्रबार, २६ कात्तिक २०७८, १२ : ०४
शुक्रबार, २६ कात्तिक २०७८

सुडानका सेना प्रमुख जनरल अब्देल फताह अल बुर्हानले शासन–सत्ता सञ्चालनका लागि नयाँ सार्वभौम परिषद् गठन गरेका छन् । गत महिना उनले देशको संक्रमणकालिन सरकारलाई अपदस्थ गर्दै सत्ता आफ्नो हातमा लिएका थिए । 
जनतालाई सत्ता हस्तानान्तरण गर्नुपर्ने माग राख्दै आएका विपक्षी दलहरुको प्रतिनिधित्व यस परिषद्मा छैन । अल बुर्हान यस परिषद्को प्रमुख रहने घोषणा बिहीबार सरकारी टेलिभिजनले गरेको छ । अर्धसैन्य दस्ता -यापिड सर्पोट फोर्सका नेता मोहम्मद हम्दान डागालो यस परिषद्का उप–प्रमुख रहनेछन् । 

बुर्हानको यस कदमपछि सैन्य ‘कू’ को विरोध गरिरहेका दलहरुले चक्काजाम गरेका छन् । उनीहरुले राजधानी खार्तुमको पूर्वी इलाका तथा देशका विभिन्न शहरमा विरोध प्रदर्शन गर्दै सडकमा टायर जलाएर अवरोध खडा गरेका हुन् । सुडानका अपदस्थ सुचना मन्त्री हम्जा बलोलले यस घोषणालाई सैन्य कुकै निरन्तरता भनेका छन् । उनले सुडानी जनताले प्रतिरोध गरेर यसलाई परास्त गर्नेमा आफु विश्वस्त रहेको बताए । आन्दोलनको नेतृत्व गरिरहेको सुडानी प्रोफेसनल्स एशोसियसन (एसपिए) ले बुर्हान र उनको परिषद्का निर्णयहरु अवैध रहने प्रतिक्रिया दिएको छ । ‘बुर्हानको परिषद्का निर्णयहरु उनीहरुमै लागु होलान्, यसको कुनै वैधता छैन र यसलाई हामीले प्रतिरोध गर्नुपर्छ,’ एसपिएले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप