शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

पार्टी विधान संशोधन गर्न माओवादीले बोलायो केन्द्रीय समिति बैठक

शुक्रबार, २६ कात्तिक २०७८, ११ : २८
शुक्रबार, २६ कात्तिक २०७८

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुक्रबार साँझ बस्ने गरी बोलाइएको छ । पार्टी विधानका केही प्रावधान संशोधन गर्नुपर्ने भएकाले केन्द्रीय समिति बैठक बोलाएको नेताहरुले बताएका छन् । नेता देव गुरुङले पार्टी विधान लगायत समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएको बताए । ‘केही प्राविधिक कुराहरुमा छलफल र निर्णय गर्नुपर्ने भएकाले बैठक बोलाइएको हो । त्यसमा विधान संशोधन पनि पर्न सक्छ ।’ उनले भने। 

धेरैजसो नेताहरु उपत्यका बाहिर भएकाले बैठक भर्चुअल रुपमा बस्नेगरी बोलाइएको केन्द्रीय सदस्य समेत रहेका माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । उनले आसन्न राष्ट्रिय सम्मेलनका विषयमा बैठक केन्द्रित हुने भन्दै विधानको केही प्रावधान संशोधन गर्न लागिएको जानकारी दिए । माओवादीले पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।

राष्ट्रिय सम्मेलन केन्द्रीत गरेर सो पार्टीले वडा, पालिका तथा जिल्ला सम्मेलनको तयारी गरिरहेको छ । त्यस्तै कात्तिक २५ गतेसम्म रहेको संगठित सदस्यता नवीकरणको म्याद आजै सकिदैछ । आजको केन्द्रीय समिति बैठकले अरु केही दिन सदस्यता नवीकरणको म्याद समेत थप्ने तयारी गरेको बुझिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप