सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको खोप अभियानले संसारभरी हुनसक्छ सुईको संकट, अर्को वर्ष २०० करोड सिरिन्जको कमी हुने डब्ल्यूएचओको चिन्ता

शुक्रबार, २६ कात्तिक २०७८, ११ : २५
शुक्रबार, २६ कात्तिक २०७८

अर्को वर्षसम्म संसारभरी करिब २०० करोड इन्जेक्सन सिरिन्जको कमी हुनसक्ने अनुमान गरिएका ेछ । विश्व स्वास्थ्य संगठनको एक रिपोर्टमा यो कुरा बताइएको छ । रिपोर्टमा बताइए अनुसार संसारभरी कोरोनाको खोप अभियानका कारण अत्यधिक मात्रामा सुई प्रयोग भइरहेका छन् ।

मिडिया रिपोर्ट अनुसार हालसम्म संसारभरी ७२५ करोडभन्दा बढी कोरोनाको खोप दिइसकिएको छ । यसमा सिंगल, डबल र बुस्टर डोज समावेश छन् । भ्याक्सिनको यो मात्रा साधारणतया वर्ष दिनभरी लगाइने कूल खोपको संख्याभन्दा दोब्बर बढी हो । हरेक डोजका लागि भिन्न सिरिन्जको प्रयोग हुन्छ त्यसैले सिरिन्जको खपत पनि हरेक वर्ष दोब्बर भइरहेको छ ।

रोगबाट जोगाउने अभियान सुस्त हुनेछः

डब्ल्यूएचओको डिभिजन अफ एक्सेस टु मेडिसिन एण्ड हेल्थ प्रोडक्ट्सकी वरिष्ठ सल्लाहकार लिसा हेडम्यानले सामाचार एजेन्सीलाई भनिन्, ‘हाम्रो वास्तविक चिन्ता अर्को वर्षसम्म हामीसँग खोप अभियानका लागि सिरिन्जको कमी हुनसक्छ भन्ने हो । यसले खोप अभियानको गति कम हुनसक्छ । साथै यसले धेरै मानिसहरुलाई थुप्रै्र रोगबाट बचाउने कोसिसमा पनि गम्भीर असर पर्नेछ ।’

‘विश्वव्यापी समस्याको कारण बन्नसक्छ’

डब्ल्यूएचओको रिपोर्टमा सिरिन्जको उत्पादनमा तीब्रता ल्याउन सिफारिस गरिएको छ । सिरिन्जको आपूर्ति घट्दा विश्वव्यापी समस्याको स्थिति बन्नसक्छ ।

प्रभावकारी योजनामा काम गर्न आवश्यकः

लिसा हेडम्यानले भनिन्, ‘अति आवश्यक चिजको कमीको संकेत तनाव दिने खालको हुन्छ । सिरिन्जको मामिलामा यो कमी सयदेखि २०० करोडसम्म हुनसक्छ । समय हुँदा नै योसँग जुध्नका लागि प्रभावकारी योजना बनाउन पर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप