आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

यूरोपमा शरणार्थी संकट गहिरियो, प्रतिबन्ध लगाए ग्यास आपूर्ति नै रोकिदिने बेलारूसको चेतावनी

‘बेलारूसविरुद्ध नयाँ प्रतिबन्ध’ : ईयू
शुक्रबार, २६ कात्तिक २०७८, ११ : २५
शुक्रबार, २६ कात्तिक २०७८

यूरोपेली मुलुकमा बढिरहेको आप्रवासी संकट प्राकृतिक संशाधन आपूर्तिसम्म विस्तार भएको छ । बेलारूसले आप्रवासी शरणार्थी मामिलामा आफूमाथि यूरोपेली संघले प्रतिबन्ध लगाए ग्यास आपूर्ति नै रोकिदिने चेतावनी दिएको छ । 
यतिखेर बेलारूस र पोल्याण्डको सीमामा इराक, सीरिया र यमनबाट आएका झण्डै दुई हजार शरणार्थीहरू अलपत्र परेका छन् । सो क्षेत्रमा हिमपात भइरहेको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा सदस्य रहेका यूरोपेली देशहरूले शरणार्थीलाई आश्रय नदिएको भन्दै बेलारूसको आलोचना गरिरहेका छन् ।

यूरोपेली संघको सीमालाई अस्थिर बनाउन र मानवअधिकार हनन गरेको भनी लागेको आरोपबाट विश्वको ध्यान अन्यत्र मोड्न बेलारूसले जानाजान छिमेकी देशहरूको सीमामा आप्रवासी थुुपारिदिएको अन्य देशको तर्क छ । शरणार्थी संकट बढाएर बेलारूसले संघको सुरक्षामा दख्खल पु-याएको अधिकारीहरूले दाबी गरेका छन् । 

अहिले यूरोपेली संघले बेलारूसविरुद्ध प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । आउँदो सोमबारभित्र बेलारूसविरुद्ध नयाँ प्रतिबन्ध लाग्नसक्ने खबर अन्तरराष्ट्रिय मिडियाहरूले सार्वजनिक गरेका छन् । आप्रवासी सवार विमान बेलारूसको राजधानी मिन्स्कस्थित विमानस्थलमा अवतरण नगर्नेसम्मको योजना संघले बनाएको छ । 

तर, बेलारूसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्कोले आफ्नो देशविरुद्ध प्रतिबन्ध लगाए  त्यसको कडा जवाफ दिइने बताएका छन् । यूरोपका घरहरूमा बेलारूसकै कारण बत्ती बल्ने हुनाले अनावश्यक धम्की नदिन उनले संघलाई चेतावनी दिएका हुन् । लुकाशेन्कोको अभिव्यक्ति बेलारूस हुँदै यूरोपमा ग्यास प्रवाह हुने रूसी पाइपलाइन लक्षित हो । रूसले यूरोपमा ग्यास पठाउने दुईवटा पाइपलाइन बेलारूस हुँदै विस्तार गरिएको छ ।
उनले भनेका छन्, यदि हामीले पाइपलाइनमा प्राकृतिक ग्यासको आपूर्ति रोकिदियौँ भने के हुन्छ ? त्यसैले पोल्याण्ड, लिथुवानिया र रित्तो हात भएका अन्य देशहरूले बोल्नुअघि विचार पु-याउन् । 

रूसले भने बेलारूसविरुद्ध लागेको आरोपको खण्डन गरेको छ । सुरक्षा परिषद् बैठकमा रूसी निमित्त राजदूत दिमित्री पोलियान्स्कीले शरणार्थी मामिला उठाएर यूरोपेली संघले दोहोरो चरित्र देखाएको आरोप लगाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप