शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा आयल निगम घेराउ (तस्वीरहरू)

शुक्रबार, २६ कात्तिक २०७८, ११ : १०
शुक्रबार, २६ कात्तिक २०७८

पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गरेका छन् । निगमले कात्तिक २४ गते राति १२ देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । आन्दोलित विद्यार्थीहरूले आज विहान ९ बजेदेखि आयल निगम घेरिरहेका छन् । उनीहरूले निगमका महाप्रबन्धक लगायतलाई कार्यालय प्रवेश गर्न नदिने बताएका छन् । 

डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँ बढाएको छ । खाना पकाउने एलपीजी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर ७५ रुपैयाँ वृद्धि गरेको छ । यससँगै पेट्रोलको भाउ उपत्यकामा प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप