आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रिया : कोरोनाको खोप नलगाउनेहरुका लागि देशव्यापी लकडाउन

शुक्रबार, २६ कात्तिक २०७८, ०९ : ४७
शुक्रबार, २६ कात्तिक २०७८

अस्ट्रियामा रेकर्ड स्तरको कोरोना संक्रमित भेटिएपछि पूर्ण खोप नलगाएकाहरुका लागि लकडाउन लागू गरिने घोषणा गरिएको छ । सरकारको अनुमति पाएपछि माथिल्लो अस्ट्रिय प्रान्तमा सोमबारदेखि लकडाउन लागू गर्न सकिने सम्भावना छ । यस्तै साल्जबर्गमा पनि नयाँ प्रतिबन्ध लगाइने बताइएको छ ।

देशका चान्सलर अलेक्जेन्डर स्चालेनबर्गले खोप नलगाएहरुका लागि देशव्यापी लकडाउन लागू गर्ने लगभग निश्चित भएको बताएका छन् । उनले देशका एक तिहाई मानिसका कारण दुई तिहाई मानिलाई समस्या हुन नहुने बताएका छन् ।

माथिल्लो अष्ट्रियाका सीमा जर्मनी र चेक गणराज्यसँग जोडिन्छ । देशमा अत्यधिक संक्रमित यसै इलाकामा भेटिएका छन् । अधिकारीका अनुसार संक्रमितको संख्यामा वृद्धि भए अन्य इलाकामा पनि यस्तै मानिसहरुका लागि लकडाउन लगाउन सकिनेछ ।

पछिल्लो २४ घण्टामा अस्ट्रियामा ११,९७५ कोरोना संक्रमित भेटिएका छन् । यसका कारण देशका कोरोना भाइरस कमिश्नरले यो खतरालाई गम्भीरतापूर्वक दिन आवश्यकता भएको चेतावनी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप