सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई आज सर्वोच्च अदालत प्रवेश गर्न नदिने

शुक्रबार, २६ कात्तिक २०७८, ०८ : ५९
शुक्रबार, २६ कात्तिक २०७८

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई शुक्रबार सर्वोच्च अदालत प्रवेश गर्न नदिने भएको छ । प्रधानन्यायाधीश जबरालाई  सर्वोच्च अदालत प्रवेश गर्न नदिने बार एशोसिएसनका महासचिव लिलामणि पौडेलले रातोपाटीलाई जानकारी दिए । त्यसका लागि आज विहान ९ः३० बजे कानून व्यवसायीहरु बारमा भेला हुने उनले बताए ।

बारमा सबै भेला भइसकेपछि सर्वोच्च अदालतको मूलगेटमा धर्ना बस्ने र प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा छिर्न नदिने उनको भनाइ छ । यता सर्वोच्च अदालतले कानून व्यवसायीहरुलाई धर्नास्थल नै जान नदिने रणनीति बनाएको छ ।

विहीबार कानुन व्यवसायीको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा ६ जना कानुन व्यवसायीहरु घाइते भएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप