बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

सांसद पाण्डेयद्वारा पारिश्रमिक विकास निर्माणमा खर्च

शुक्रबार, २६ कात्तिक २०७८, ०७ : ४३
शुक्रबार, २६ कात्तिक २०७८

पाल्पा क्षेत्र नं २ का सांसद सोमप्रसाद पाण्डेयले यही कात्तिक १ देखिको सांसदको बाँकी अवधिभरको तलब भत्ता जिल्लाको विकास निर्माण खर्च गर्ने घोषणा गरेका छन् । तानसेनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने “जनताका बलमा पुनःस्थापना भएको प्रतिनिधिसभाको बाँकी अवधिको तलबभत्ता जनताको समस्या समाधानमा खर्च गर्छु । ” 

पूर्व उद्योगमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य पाण्डेयले सांसदको पारिश्रमिकबाट जिल्लाको स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा अशक्त, असाहय, वृद्धा र बालबालिकाका क्षेत्रमा खर्च गर्ने जानकारी दिए ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप