सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिदेखि एमाले अध्यक्ष ओलीको निवाससम्म जनगणना, तस्बिरमा हेर्नुहोस्

बिहीबार, २५ कात्तिक २०७८, २२ : १८
बिहीबार, २५ कात्तिक २०७८

राष्ट्रिय जनगणना २०७८ बिहीबारदेखि सुरु भएको छ ।  ‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित आजबाट मंसिर ९ गतेसम्म १२ औं राष्ट्रिय जनगणना सुरु भएको हो । नेपालमा २०१८ सालदेखि अन्तर्राष्ट्रिय मानक तथा वैज्ञानिक पद्धतिअनुसार प्रत्येक दस वर्षमा जनगणना हुँदै आएको छ । 

जनगणना राष्ट्रपति विद्यादेवीबाट औपचारिक शुरुवात गरेकी छन् । बिहीवार बिहान शितल निवासमा पुगेको गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक शुरुवात गरेकी हुन् । 

 केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोलीले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा निवाससम्म पुगेर जनगणना गरेको थियो । यस्तै एमाले अध्यक्ष केपी ओली, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे लगायतको निवासमा पनि विभागकै टोली पुगेको थियो । 

विभागका निर्देशक ढुण्डीराज लामिछानेले  जनगणनाको शुभारम्भका मुख्य कार्यक्रम सबै सफल भएको जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप