शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेकपा समाजवादी प्रेस संगठन कास्कीको संयोजकमा बराल

बिहीबार, २५ कात्तिक २०७८, २२ : ०२
बिहीबार, २५ कात्तिक २०७८

नेकपा एकीकृत समाजवादीको प्रेस संगठन कास्कीको संयोजकमा गणेश बराल चयन भएका छन् । बिहीबार सम्पन्न भेलाले बरालको संयोजकत्वमा ११ सदस्यीय समाजवादी प्रेस संगठन कास्की समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

समितिको सह संयोजकमा वीरेन्द्र सापकोटा र जैनव खातुन चयन भएका छन् । सचिवमा भीमबहादुर थापा, सहसचिवमा बालकुमारी पौडेल (तारा) र कोषाध्यक्षमा रोहित बस्नेत चयन भएका छन् । समितिको सदस्यहरूमा क्रमश: उमा विक, रोशन अधिकारी, कपिल पौडेल समिक्षा केसी र खालिदा बेगम चयन भएका छन् ।

भेलाको उद्घाटन नेकपा समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले गरेका थिए । उद्घाटनका क्रममा बोल्दै उनले समाजवादी प्रेस संगठनमा आवद्ध पत्रकारले जहिले पनि सत्यको पक्षमा कलम चलाउनुपर्ने बताए ।  
अध्यक्ष आचार्यले राजनीतिक विकृति, भ्रष्टाचार र कुशासनका विरुद्ध निष्पक्ष भएर कलम चलाउन पत्रकारलाई आग्रह गरे ।

उनले समाजवादी पार्टीका नेताहरुले गलत बाटो अंगालेमा यसविरुद्ध सबैभन्दा पहिला समाजवादी प्रेस संगठनमा आवद्ध पत्रकारले नै कलम चलाएर खबरदारी गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप