९५ जना डिएसपीको सरुवा

प्रहरी प्रधान कार्यालयले आज विभिन्न क्षेत्रमा कार्यरत ९५ प्रहरी नायब उपरीक्षकको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको आजको निर्णयानुसार उपत्यकासहित विभिन्न जिल्लामा कार्यरत प्रहरी उपरीक्षकको सरुवा गरिएको प्रहरीको मानव स्रोत तथा प्रशासन विभागले सूचना जारी गरी जनाएको छ ।
नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणमा अनन्तराम शर्मा, प्रहरीवृत्त कालीमाटीमा अनिलकुमार घिमिरे, नगर प्रहरी कार्यालय काठमाडौँमा कौशलकुमार बुढाथोकी, प्रहरीवृत्त बालाजुमा गौतम मिश्र र प्रहरीवृत्त थानकोटमा डिल्लीनारायण पाण्डेलाई सरुवा गरिएको छ ।
यस्तै प्रहरीवृत्त दरबारमार्गमा विश्वराज खड्का, प्रहरीवृत्त जगाती भक्तपुरमा रामबहादुर केसी, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रामहरि पाण्डेलगायत अन्य प्रहरी नायब उपरीक्षकलाई विभिन्न जिल्ला तथा प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलालघाट-जिरोकिलो सडकखण्ड अवरुद्ध, सडक खुलाउने प्रयास
-
जीवनराम श्रेष्ठको नेतृत्वलाई आइओसीले दियो मान्यता
-
रवीन्द्र मिश्र र धवल शमशेरको रिहाइको लागि राजनीतिक र कानुनी लडाई जारी राख्ने राप्रपाको निर्णय
-
मन्त्रालय बाँडफाँड गरेर शासन चलाउन एमालेसँग सहकार्य गरेका होइनौँ : एनपी साउँद
-
सैलुनमा एसी र इन्भर्टर जोड्न दिने तोकादेश तथ्यहीन र अतिरञ्जित – उपमहानगरपालिका
-
दाउन्नेमा मन्त्री दाहालको निरीक्षण, मनसुन अगावै सक्न निर्देशन