माधवकुमार नेपालले गरे प्रधानन्यायाधीशको प्रशंसा
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बचाउ गरेका छन् । संसद पुनर्स्थापनाको फैसला गरेर राम्रो काम गरेको भन्दै उनले प्रधानन्यायाधीशको प्रशंसा गरे ।
विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश र न्यायाधीशको राजीनामा माग्नु ‘वाहियात’ कुरा भएको बताए । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीको कुरै नगर्नुहोस्, राम्रो काम गर्ने प्रधानन्यायाधीश, न्यायाधीश, वकिल, बुद्धिजीवि, पत्रकार र उहाँलाई साथ नदिने सबैको ओलीजी बिरोधी हुनुहुन्छ ।’
अध्यक्ष नेपालले न्यायालयका बारेमा जहाँ पायो त्यहीँ कुरा गर्न नहुने भन्दै न्यायालय समवेदनशील निकाय भएको बताए । उनले न्यायालयमा देखिएको समस्या हल गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रयास गरिरहेको हुनसक्ने बताए । तर न्यायालयको बारेमा पाँच दलीय गठबन्धनभित्र यस विषयले प्रवेश नपाएको नेता नेपालको भनाइ थियो ।
उनले राष्ट्रियसभा निर्वाचन तथा अन्य रिक्त पदमा हुन लागेको उपनिर्वाचनमा एमालेलाई नराम्ररी पराजित गर्ने दाबीसमेत गरे । गठबन्धन दलहरुले साझा उम्मेदवार उठाएर एमालेलाई ‘क्लिन स्वीप’ पार्ने उनले बताए । उनले गठबन्धनले बनाएको राजनीतिक संयन्त्र आगामी चुनावसम्म कायम हुने दाबीसमेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नाटक ‘आतुरकाल’ जापानमा मञ्चन हुने
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक : पुनर्निर्माण तथा पुनर्स्थापना योजनाको समीक्षा
-
राजतन्त्रको अन्त्य भइसक्यो, अब जिउँदो भएर आउँदैन : लेखराज भट्ट
-
‘नारायणगोपाल युवा संगीत पुरस्कार’ शिवानी मोक्तानलाई
-
खैरो हेरोइन सहित सिरहाबाट ३ जना पक्राउ
-
नेपाल र भारतका सर्वोच्च अदालतबिच न्यायिक सहकार्यको सम्झौता