बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, जम्कट्टेल र लामा बने मन्त्री
बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार मन्त्रिपरिषदमा दुई सदस्य थप गरेका हुन् । मन्त्रिपरिषद्मा नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल र नेपाली काँग्रेसबाट नीमा लामालाई समावेश गरिएको हो ।
मुख्यमन्त्री पाण्डेले जम्कट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय र लामालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् । नवनियुक्त मन्त्रीद्वयले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
कार्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोही दिन तीन मन्त्री नियुक्त गरेका थिए । त्यस यता पहिलो पटक मन्त्रिपरिषद् विस्तार भएको हो । यद्यपि मन्त्रिपरिषद् विस्तारले अझै पूर्णता पाउन सकेको छैन ।
मन्त्रिपरिषद् विस्तारले पूर्णता नपाएका कारण अझैसम्म मुख्यमन्त्री पाण्डेले भूमि, व्यवस्था तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
सत्तारुढ दलहरुबीच भागवण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउन नसकेको बताइन्छ । भागवण्डाकै लागि प्रदेश सरकारका केही मन्त्रालय विभाजन गर्ने तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण