बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शुक्रबार

बिहीबार, २५ कात्तिक २०७८, १८ : ०५
बिहीबार, २५ कात्तिक २०७८

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक शुक्रबारका लागि बोलाइएको छ । पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले शुक्रबार बस्ने बैठकले कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको बैठकका प्रस्तावहरू अनुमोदन गर्ने बताए । 
 
उनका अनुसार नेकपा (एमाले) सहितका विभिन्न कम्युनिष्ट पार्टी परित्याग गरी पार्टी प्रवेश गरेका तथा प्रवेश गर्ने तयारीमा रहेकाहरूका जिम्मेवारी र भूमिकाबारे पनि स्थायी कमिटी बैठकले मापदण्ड बनाएर केन्द्रीय कमिटीमा पेश गर्ने छ । बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप