मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

लाहोर विश्वको सबैभन्दा प्रदूषित शहर

बिहीबार, २५ कात्तिक २०७८, १७ : ५०
बिहीबार, २५ कात्तिक २०७८

अमेरिकाको वायु गुणस्तर मापन संयन्त्रले जारी गरेको वायु प्रदूषण तथ्याङ्कअनुसार लाहोर संसारको सबैभन्दा प्रदूषित शहरहरूको सूचीको शीर्ष स्थानमा परेको छ। पाकिस्तानको शहरमा वायुको गुणस्तर ६०० भन्दा बढी रेकर्ड गरिएको थियो।  त्यसैगरी उक्त सूचीमा कराँची पाँचौं स्थानमा रहेको छ ।

गुलबर्गमा ६८१, राईविन्डमा ६२६, अनारकली मार्केटमा ५४१ र मोडेल टाउनमा ५३२ स्तर रेकर्ड भएको साम टिभीले जनाएको छ । यसैबीच, पाकिस्तानको पञ्जाब प्रान्तमा  बढ्दो प्रदूषित धुवाँले पनि यहाँका अधिकारीहरूलाई चिन्तित पारेको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप