मदिराको विज्ञापन तत्काल नहटाए कारबाही गर्ने चेतावनी
विज्ञापन बोर्डले मदिरा कम्पनीको विज्ञापन गर्ने र गराउनेलाई कारबाहीको चेतावनी दिएको छ । चाडपर्वको समयमा सर्वसाधारणको जनस्वास्थ्यमा असर पर्ने मदिरा तथा सुर्तीजन्य वस्तुको विज्ञापनले व्यापकता पाएपछि बोर्डले यस्तो चेतावनी दिएको हो ।
जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा १ मा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन गर्न नपाइने व्यवस्था छ । साथै, विज्ञापन नियमन गर्ने ऐन, २०७६ को दफा ५ को उपदफा १(छ) मा ‘प्रचलित कानूनले विज्ञापन गर्न निषेध गरेका बिषयमा विज्ञापन गर्न नहुने’ व्यवस्था गरेको छ ।
चाडबाडको समयमा केही पत्रपत्रिका लगायत विभिन्न सञ्चारमाध्यममा प्रचलित कानून विपरीत मदिराका विज्ञापन प्रकाशन तथा प्रसारण भएको थियो । यस्तै, देशका विभिन्न भागमा राखिएका होर्डिङ बोर्डमा समेत त्यस्ता विज्ञापन देखिएको बोर्डको भनाइ छ ।
उक्त कार्य जनस्वास्थ्य सेवा ऐन, २०७५ तथा विज्ञापन नियमन गर्ने ऐन, २०७६ विपरीत भएकोले मदिरा तथा सुर्तीजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण तत्कल रोक्न बोर्डले चेतावनी दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण