बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

बिहीबार, २५ कात्तिक २०७८, १७ : ३४
बिहीबार, २५ कात्तिक २०७८

महोत्तरीको  बर्दिवास नगरपालिका-१ स्थित न्यौपाने खाजा घरमा तास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।  सोही ठाउँ बस्ने ४० वर्षीय दिपक शर्मा लगायत १० जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । 
उक्त खाजा घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ५ सय १५ रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप