आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भीमेश्वरको प्रवेशद्वारमा राखिएको मूर्ति चोरी

बिहीबार, २५ कात्तिक २०७८, १७ : ११
बिहीबार, २५ कात्तिक २०७८

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने द्वारमा राखिएको सरस्वतीको मूर्ति चोरी भएको छ ।  भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने प्रवेशद्वारको खोपामा राखिएको सरस्वतीको दुई मूर्ति चोरी गएराति चोरी भएको गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए ।

गएराति करिब १२ बजेको समयमा नकाबधारी व्यक्तिले सरस्वतीको मूर्ति चोरी गरेको दृष्य सिसिटिभीमा कैद भएको र त्यसबारे अनुसन्धान भइरहेको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताए । मन्दिरको गेट बाहिरपट्टि रहेको सरस्वतीको मूर्ति चोरी भएको हो ।

नियमित पूजा गर्ने क्रममा मन्दिरमा सरस्वतीको मूर्ति नदेखेपछि पुजारीले स्थानीयवासीलाई खबर गरेका थिए । विसं २०५२ मा मन्दिर जीर्णद्वारको बेला राखिएका उक्त मूर्ति चोरी भएका अध्यक्ष श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप