पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध विद्यार्थीहरु आन्दोलित
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरु आन्दोलित भएका छन् । उनीहरुले शुक्रबार (भोलि) बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाल आयल निगम घेराउ गर्ने र निगमका महाप्रबन्धक लगायत कर्मचारीलाई कार्यालय प्रवेशमा निषेध गर्ने भएका छन् ।
संयुक्त विद्यार्थी संगठनले बिहीबार विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा पेट्रोलमा ३ रुपैयाँ, डिजलमा ३ रुपैयाँ, मट्टितेलमा ३ रुपैयाँ प्रतिलिटर, एलपी ग्यासमा ७५ रुपैयाँ प्रति सिलिन्डर मूल्य वृद्धि गरेको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
‘मूल्य समायोजन भन्ने बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाइ आयल निगम लगायतका सरकारी निकायले चुहावट नियन्त्रण नगरी जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरुमा मूल्यवृद्धि गर्दै आफ्ना निकाय र भ्रष्ट कर्मचारीको मनोमानीलाई लुकाउन निरन्तर घाटा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखी पटक पटक मूल्यवृद्धि गर्ने कदमप्रति संयुक्त विद्यार्थी संगठन खेद प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
संयुक्त विद्यार्थी संगठनले कार्तिक २८ गते दिउँसो दुई बजे प्रदर्शनी मार्गमा खाली सिलिन्डर प्रदर्शन गर्ने, कार्तिक ३० गते देशभर आयल निगमको कार्यालयमा कालो ब्यानर राखेर विरोध प्रदर्शन गर्ने, मंसिर २ गते दिउँसो २ बजे माइतीघर मण्डलामा सडक बहस गर्ने कार्यक्रम घोषणा गरेको छ ।
विज्ञप्तिमा अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाही, अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुँवरले हस्ताक्षर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण